शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
अदालतको अवहेलना मुद्दामा बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ
काठमाडौं, मंसिर २२ :

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश शान्तिसिंह थापा र सारंगा सुवेदीको संयुक्त इजलासले सोमबार घिमिरेलाई सफाइ दिएको हो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पालामा घिमिरेविरुद्ध सर्वोच्च प्रशासनले अवहेलना मुद्दा दर्ता गरेको थियो । घिमिरेविरुद्धको अवहेलना मुद्दामा तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध भ्रामक, आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको थियो ।

न्यायपरिषद्को २०८१ असोज ११ को बैठकले नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेपछि घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको भन्ने अभिव्यक्ति दिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार