आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार राजनीति

हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउन बाटो खुल्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ मंसिर, २०८२ मा प्रकाशित
हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौं, मंसिर २२ :

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णयलाई उल्टाएको छ। अदालतले शाक्यलाई पूर्ववत कार्यकारी निर्देशकको पदमा फर्केर काम गर्न आदेश दिएको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञको रूपमा शाक्यको सरुवा गर्ने सरकारको निर्णयलाई अवैध ठहर्‍याएको छ। सर्वोच्च अदालतको यो निर्णयले शाक्यलाई पुनः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्काउने बाटो खोलिदिएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई विद्युत् प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो। यस निर्णयको विरोध गर्दै शाक्यले कात्तिक २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘सरकारले शाक्यलाई पदमुक्त गर्ने क्रममा कुनै पनि उचित प्रक्रिया पालन नगरेको र विभागीय मन्त्रीको प्रस्तावलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको कारण निर्णयलाई अस्वीकृत गरियो।’

अदालतले यो पनि स्पष्ट पारेको छ कि, ‘कार्यकारी निर्देशकको पदबाट हटाउन आवश्यक कानूनी प्रक्रिया र सेवा सम्झौतामा उल्लिखित आधारहरू पालना नगरी गरिएको निर्णयलाई न्यायसंगत र उचित ठान्न सकिदैन।’ सर्वोच्च अदालतले सरकारको निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक भनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार