बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता #मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता
राजनीति

देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
काठमाडौं, मंसिर २५ :

कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा परेका छन। कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको बिहीबारको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देउवाको नाम सिफारिस गरेको हो । 

सभापति देउवाले अन्तिम पटक निर्वाचनमा लड्ने इच्छा व्यक्त गरेपछि उनलाई सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको जिल्ला सभापति भीमबहादुर साउदले बताए ।

देउवा २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचन लड्दै र जित्दै आएका छन्। डडेल्धुराबाट प्रतिनिधित्व गर्दै उनी ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । उनी छैटौं पटक प्रधानमन्त्री हुने तयारीमा रहेका थिए तर जेनजी आन्दोलनले केपी ओली नेतृत्वको गठबन्ध सरकार नै ढलेपछि सम्भव भएन ।

उनको प्रधानमन्त्री हुने रोलक्रम मात्रै खोसिएन कि जेनजी आन्दोलनमा घरमा आगजनीका साथै सांघातिक आक्रमणमा परी घाइते भए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार