शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमाले महाधिवेश : पार्टी कार्यालयमा चहलपहल बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
एमाले महाधिवेश : पार्टी कार्यालयमा चहलपहल बढ्यो
काठमाडौं, मंसिर २५ :

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ ।

बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भिडभाड बढेको बताए ।

‘बिहान ८ बजेदेखि पार्टी कार्यालयमा नेता र प्रतिनिधिको चहलपहल हुन्छ’, उनले भने, ‘काठमाडौँ आएका प्रतिनिधिले एकापसमा पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा छलफल गर्ने गरेका छन् ।’ उनले पार्टी कार्यालयमा महाधिवेशनमा अन्य कामसमेत भइरहेकाले देशभरिबाट आएका प्रतिनिधिले पार्टी कार्यालयको रौनक नै थपेको बताए ।

उनका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी काठमाडौँ आइसकेका छन् । महाधिवेशनमा करिब दुई हजार दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको तयारीको अन्तिम चरणमा पुगेको बताए । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार