बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

निस्दी जिप दुर्घटना अपडेट : मृतक तीनमध्ये दुईको सनाखत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
निस्दी जिप दुर्घटना अपडेट :  मृतक तीनमध्ये दुईको सनाखत
पाल्पा, मंसिर २६ :

पूर्वी पाल्पाको निस्दी गाउँपालिका –४ चिउरीबासमा आज भएको जिप दुर्घटनामा ज्यान गुमाएर तीन जना मध्ये दुई जनाको सनाखत भएको छ । ज्यान गुमाउनेमा निस्दी ४, मित्याल बस्ने वर्ष ४५ की ओम कुमारी खाम्चा, नवलपरासी पुर्व विनयीत्रेवेणी २ घर भएकी वर्ष ३६ की हेम कुमारी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुने अर्की एक महिला रहेको पहिचान खुलेको तर नाम थर र ठेगाना भने खुल्न नसकेको जिल्ला पहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । नवलपरासी पुर्व अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ गईरहेको  लु १ ज ३९०८ नम्वरको फोर्स जिप आज विहान १० बजेको समयमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनास्थलबाट  उद्धार गरिएका ८ जना घाईतेहरुको  मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । यात्रु ओराल्ने क्रममा रोकी राखेके जिप एक्कासी अनियन्त्रीत भइ सडकबाट झण्डै ८ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार