काठमाडौं, मंसिर २६ :

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरीका प्रमुख ( आईजीपी) दानबहादुर कार्कीसँग बयान लिएको छ। आयोगले शुक्रबार कार्कीसँग बयान लिएको हो ।

आइजीपी कार्कीसहित तत्कालीन गृहसचिव गोकर्णमणि दवाडी, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र तत्कालीन काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान लिइएको प्रवक्ता विज्ञानराज शर्माले बताए ।

उनीहरुलाई जेनजी प्रदर्शनमा किन बल प्रयोग गरियो र गर्न लगाइयो भन्ने खालका प्रश्नहरु सोधिएको थियो । चारैजनाले एकै प्रकृतिको जवाफ दिएका छन् । उनीहरूले वाध्यात्मक अवस्थामा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली प्रहार भएको स्वीकार गरेका छन् ।

आयोगले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई पनि यही साता बयानका लागि बोलाउने तयारी गरेको छ । 
उनीपछि प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिने पालो हुने शर्माले बताए। आयोगले उनीहरूलाई सुरुमा बयान दिन आउनुहोला भनेर पत्र लेख्ने भएको छ ।