
काठमाडौं, पुस ३ :
तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिन पुगेका छन् । आयोगको सिंहदरबारस्थित कार्यालयमा खापुङको बयान भइरहेको छ ।
भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको आयोगले खापुङको बयान लिएको हो । जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए । त्यतिबेला प्रहरीले चलाएको गोली लागेर २२ जनाको मृत्यु भएको थियो ।
प्रहरीले राज्यको नीति नियम बमोजिम नै सुरक्षा अपनाउँदा क्षति पुगेको यसअघिको जवाफलाई नै दोहर्याएको स्रोतको जनाएको छ । यसअघि पनि बयान दिएएका खापुङलाई थप विषयमा बुझ्नुपर्ने भएकाले पुन: बयानमा बोलाइएको आयोगले जनाएको छ ।