मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति

ओलीका विश्वासपात्र विष्णु रिमाल उपमहासचिवमा पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ पुस, २०८२ मा प्रकाशित
ओलीका विश्वासपात्र विष्णु रिमाल उपमहासचिवमा पराजित
काठमाडौं, पुस ३ :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकटका नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन्। 

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। उनीहरूले क्रमशः १ हजार ४५२, १ हजार ३६८ र १ हजार ३४८ मत प्राप्त गरेका हुन्। एमाले विधानअनुसार पार्टीमा तीन जना उपमहासचिव रहने व्यवस्था छ।

उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। यस प्रतिस्पर्धामा अध्यक्ष ओलीका विश्वासपात्र मानिएका विष्णु रिमाल चौथो स्थानमा सीमित हुँदै १ हजार ९१ मत प्राप्त गरे।

त्यस्तै, पाँचौँ स्थानमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ मत पाए भने छैटौँ स्थानमा रहेका वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे। अन्तिम स्थानमा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार