काठमाडौँ- फ्रान्समा आयोजित पेरिस ओलम्पिकमा जारी विभिन्न खेलहरु मध्ये ७४ वटा स्वर्ण पदकको टुङ्गो लागेको छ ।

पछिल्लो नतिजा अनुसार २७ वटा देशहरुले स्वर्ण पदक जितिसकेका छन ।

 ओलम्पिकमा हालसम्म ४७ देशले कुनै एक पदक जित्न सकेका छैनन । 

पछिल्लो मेडल तालिका अनुसार ९ स्वर्ण सहित कुल १९ पदक जितेर चीन पहिलो स्थानमा छ भने  ८ स्वर्ण सहित २७ पदक जितेको फ्रान्स दोश्रो स्थानमा छ ।

जापानले ८ स्वर्णसहित १५ पदक जितेर तेश्रो स्थानमा रहेको छ ।

 १८ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा ३२ वटा खेलका विभिन्न विधा अन्तर्गत ३ सय २९ वटा स्वर्ण पदकका लागि प्रतिप्पर्धा भइरहेको छ ।