बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते

· शुक्रबार, ४ पुस, २०८२ मा प्रकाशित
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
कन्चनपुर, पुस ४ :

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका छन्।

कारागार प्रशासनका अनुसार कैदीबन्दीका नाइके,चौकीदार तथा अन्य कैदीबन्दीको समूहबीच विवाद भएपछि झडप भएको हो।

झडपमा परी किरन सिंह, दिनेश कुँवर,करन कुँवर र राजेन्द्र सुनार गम्भीर घाइते भएका छन्। यस्तै, सन्दीप भण्डारी, जनक खड्का, मदन गिरी र रोशन शाही पनि घाइते भएका कारागार प्रशासनले जनाएको छ। घाइते सबैलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

कैदीबन्दीका नाइके र चौकीदारले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दीहरूले विरोध जनाएपछि झडप भएको हो।  नाइके तथा चौकीदारले सजाय मिनाहाका लागि कारागारमा निवेदन पुर्‍याइदिने भन्दै प्रतिव्यक्ति १५ हजारदेखि २० हजार रुपैयाँ माग्ने गरेको आरोप कैदिबन्दीहरुको रहेको छ ।

यसको विरोधमा कैदीबन्दीहरूले नाइके तथा चौकीदारलाई अन्यत्र स्थानान्तरण गर्न माग गर्दै नाराबाजी समेत गरेका छन्।

झडपपछि जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनावको स्थिति सिर्जना भएको छ।

शुक्रबार दिउँसोदेखि झडप सुरु भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार