असोज ११ :
रसियाले आणविक हतियारको प्रयोग सम्बन्धी आफ्नै नियममा परिमार्जन गर्ने भएको छ ।
रसियाली राष्ट्रपति भ्लादिमीर पुटीनले आणविक हतियार युक्त मुलुकको सहयोगमा आणविक हतियार नभएको मुलुकले रसियामाथि आक्रमण गरेमा आणविक आक्रमण मान्दै हतियार प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
रसियासँगको युद्धमा अमेरिका लगायत पश्चिमी मुलुकहरुले दिएको लामो दूरीका क्षेप्यास्त्र रसियाभित्र आक्रमण गर्नका लागि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अनुमति मागिरहेको सन्दर्भमा रसियाली राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो ।
रसियाली सार्वभौमसत्ता विरुद्ध ड्रोन, हवाई र क्षेप्यास्त्र आक्रमण भएमा यसलाई आणविक आक्रमणका रुपमै लिइने पुटीनले बताउनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
रास्वपा धनुषा सभापतिलाई कानुनी कारबाही गर्ने एसपी खड्काको चेतावनी
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा