
काठमाडौं, पुस ९ :
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा मीरा आचार्यलाई पठाएको छ । श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् ।
श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले आचार्यलाई महानिर्देशक बनाएको हो । उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् ।