काठमाडौं, पुस १० :
नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशमलाल चौधरीले नयाँ र वैकल्पिक दल तथा समूहबीच सहकार्यको सम्भावना कमजोर देखिएको बताएका छन्।
बुधबार राति काठमाडौं कुपण्डोलस्थित होटल हिमालयमा मेयर बालेन साहसँग भेट गरेका चौधरीले विभिन्न नयाँ दलका नेताहरू आफ्नै नेतृत्वका आकांक्षामा रहेकाले मिल्ने दिशामा नजाने निष्कर्ष निकालेका हुन्।
उनले भने, ‘सिद्धान्तमा सहकार्य ठीक लाग्छ, तर व्यवहारमा सफल होला जस्तो देखिँदैन।’ वैकल्पिक शक्तिहरूलाई एकै मोर्चामा ल्याउने प्रयास भइरहेको भए पनि पद र महत्वाकांक्षाका कारण एकताको सम्भावना कमजोर रहेको चौधरीको तर्क छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
प्रचण्डको उद्घोष : गगन थापालाई देशको नेतृत्व गर्ने अवसर आउँदैछ
पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता रूपान्तरणसहित देश निर्माणमा अघि बढ्नुपर्छ : आरेन राई