
काठमाडौं, पुस १० :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
महामन्त्री भन्दामाथि आफ्नो परिस्थित नबनिसकेको जनाउँदै उनले यसपटक पनि महामन्त्रीमा नै लड्ने बताए ।कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए । उनी १४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडे पनि विजयी हुन सकेनन् ।