
प्रधानमन्त्री सुशीला कार्कीले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छिन्। यसैक्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्री बन्दैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आजै दिउँसो २ बजे शपथ गराउने तयारी छ।
शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ। यी मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्दै आएकी छन्।
प्रधानमन्त्री कार्कीको आग्रहमा शर्माले सरकारमा सहभागी हुन सहमति जनाएका हुन्। पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयका संयोजक रहँदै माओवादी लडाकु समायोजन प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारीसमेत पाएका थिए।
योसँगै अब कार्की मन्त्रिपरिषद् १५ सदस्यीय बन्नेछ।
यस्तो छ मन्त्रीको सूची:
१. सुशीला कार्की प्रधानमन्त्री (रक्षा र खानेपानी मन्त्रालयको पनि जिम्मेवारी)
२. रामेश्वर खनाल, अर्थ; संघीय मामिला तथा सामान्य प्रशासन
३. कुलमान घिसिङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
४. ओमप्रकाश अर्याल, गृह
५. अनिलकुमार सिन्हा, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; संस्कृति, र्यटन तथा नागरिक उड्डयन
६. महावीर पुन, शिक्षा, विज्ञान तथा प्रविधि
७. मदन परियार, कृषि तथा पशुपन्छी विकास
८. जगदीश खरेल, सञ्चार तथा सूचना प्रविधि,
९. सुधा गौतम, स्वास्थ्य तथा जनसंख्या
१०. बब्लु गुप्ता, युवा तथा खेलकुद
११. कुमार इङ्नाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२. राजेन्द्रसिंह भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१३. माधव चौलागाईं, वन तथा वातावरण
१४. श्रद्धा श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५. बालानन्द शर्मा, रक्षा वा परराष्ट्र मन्त्री (टुंगो लाग्न बाँकी)