आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

७ प्रजिअसहित १५ कर्मचारीको सरुवा, को कहाँ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ पुस, २०८२ मा प्रकाशित
७ प्रजिअसहित १५ कर्मचारीको सरुवा, को कहाँ ?
काठमाडौं, पुस ११ :

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, ६ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ । नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

गृहका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराज प्रसाईंलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङ र मदन कोइरालालाई कञ्चनपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।

पर्वतका प्रजिअ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका प्रजिअ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका प्रजिअ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका प्रजिअ लक्ष्मण ढकाललाई इलाम र प्यूठानका प्रजिअ दीपकराज नेपाललाई नवलपरासी पश्चिममको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

तेह्रथुमका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।  गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको प्रजिअ र बन्दना राईलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार