बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश मधेस प्रदेश

ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु,६ जना कामदार घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १२ पुस, २०८२ मा प्रकाशित
ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु,६ जना कामदार घाइते
रौतहट, पुस १२ :

रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा आज बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ। घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन्। यसैबीच स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन्।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार