बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता २०८२ स्वीकृत,माघ पहिलो साताबाट लागु हुने

यसपटक आचारसंहिताको दायरा पहिलेभन्दा फराकिलो बनाइएको आयोगको दाबी छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता २०८२ स्वीकृत,माघ पहिलो साताबाट लागु हुने
काठमाडौं, पुस १३ :

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो साताबाट कार्यान्वयनमा आउनेछ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने कार्यतालिका छ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार गरी सरोकारवालासँग राय–सुझाव मागेको थियो। प्राप्त सुझावहरू समेटेर आचारसंहिता अन्तिम रूप दिइएको आयोगले जनाएको छ। यसपटक आचारसंहिताको दायरा पहिलेभन्दा फराकिलो बनाइएको आयोगको दाबी छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘पहिले सचेतनाको मोडलमा आचारसंहिता हुन्थ्यो, अहिले कारबाहीको मोडलमा छ। कार्यान्वयनको सवालमा भने पहिलेजस्तै ५०–५५ दिनअघि देखि नै लागु हुन्छ।’

तत्काल आचारसंहिता लागु गर्दा सरकारका नियमित कामकारबाहीमा असर पर्न सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघको पहिलो साताबाट लागु गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।

यसैबीच, आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार पुस १३ र १४ गतेसम्म पेस गरिएका समानुपातिकतर्फका बन्द सूचीहरूको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ। छानबिनपछि पुस २१ देखि २७ गतेसम्म सूची सच्याउन तथा मिलाउन दलहरूलाई समय दिइने आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार