शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

एमाले सचिवालय बैठक, समानुपातिकको बन्द सूचीबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १३ पुस, २०८२ मा प्रकाशित
एमाले सचिवालय बैठक, समानुपातिकको बन्द सूचीबारे छलफल
फाइल तस्बिर ।
काठमाडौं, पुस १३ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय, च्यासलमा जारी छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यही पुस १३ र १४ गते समानुपातिकको बन्द सूची पेस गर्न समय निर्धारण गरेका सन्दर्भमा बैठकमा छलफल हुने जनाइएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचित भएपछि यो पहिलो सचिवालय बैठक हो । बिहान ११ बजे बस्नेगरी तय भएको बैठक सयम परिवर्तन भई २:३० बजे बसेको हो । महाधिवेशनपछि यही पुस ५ गतेको पहिलो केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतको अधिकार सचिवालयलाई दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार