सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

एमाले र कांग्रेसले अविलम्ब सहकार्य गरेर अघि बढ्नुपर्छ : रामबहादुर थापा

बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न प्रस्ताव
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
एमाले र कांग्रेसले अविलम्ब सहकार्य गरेर अघि बढ्नुपर्छ : रामबहादुर थापा
काठमाडौं, पुस १५ :

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले र कांग्रेसले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

मदन- आश्रित स्मृति प्रतिष्ठानले मंगलबार  काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष थापाले मुलुक संकटमा फसेको बेलामा निकास दिन कांग्रेस-एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए।

उनले मुलुकमा निर्वाचनको माहौल सिर्जना भइसकेकाले मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सकिने बताए । उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढ्न सक्ने धारणा समेत राखे।  कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने उनको भनाई थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार