आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै #पहिरोले नदी थुनिँदा#बूढीगण्डकीमा बाढी#मतगणनामा ढिलाई#बूढीगण्डकी बाढी#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै
राजनीति प्रदेश गण्डकी प्रदेश

चक्रे मिलन गोरखा-२ बाट एमालेको उम्मेदवार सिफारिस

सिफारिसमा परेका गुरुङ विवादरहित भने छैनन्। उनी पटक–पटक पक्राउ परेका तथा हिरासत र जेलसमेत पुगेका व्यक्ति हुन्।
· शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
चक्रे मिलन गोरखा-२ बाट एमालेको उम्मेदवार सिफारिस
गोरखा, पुस १८ :

गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन)लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका रूपमा चिनिएका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा अघि सारेको हो। उम्मेदवारी सिफारिसपछि प्रतिक्रिया दिँदै गुरुङले यो निर्णय आफ्नो व्यक्तिगत चाहनाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा ‘जेन–जी’ पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन्।

गुरुङका अनुसार उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन्। पार्टीसँग निरन्तर आबद्ध रहँदै समाजसेवा र राजनीतिमा क्रियाशील रहेको उनको दाबी छ।

तर एमालेको सिफारिसमा परेका गुरुङ विवादरहित भने छैनन्। उनी विभिन्न आपराधिक गतिविधिसँग जोडिँदै पटक–पटक पक्राउ परेका तथा हिरासत र जेलसमेत पुगेका व्यक्ति हुन्। यही कारण उनको उम्मेदवारी सिफारिसले राजनीतिक वृत्तमा बहस र विवाद निम्त्याएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार