
काठमाडौं, पुस २० :
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । उनलाई क्याबिनमा राखेर उपचार गरिएको छ ।
अस्पताल स्रोतका अनुसार उनमा पिसाबको संक्रमण, रिंगटा लाग्ने लगायतका समस्या देखिएको छ। उनले यसअघि प्रोस्टेटको शल्यक्रिया गराएका थिए । त्यसपछि उनी फलोअपका लागि अस्पताल जाने आउने गरिरहन्थे ।