
काठमाडौं, पुस २० :
प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदी थप उपचारका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी एयर इन्डियाको जहाजबाट आइतबार साँझ दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।उनले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेसमा उपचार गराउने छन्।
टिचिङ अस्पतालले रेफर गरेपछि सुवेदी उपचारका लागि दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनी गत बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।
उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्ने लगायतका समस्या देखिएको उपचारका संलग्न चिकित्सकले जानकारी दिए। यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए।