नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ। जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री ओलीको स्थानहदको औचित्य सकिएको जनाएको छ। आयोगले छानबिनका लागि भन्दै ओलीसहित तत्कालीन अधिकारीहरूलाई स्थानहद लगाएको थियो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ।’
आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएको थियो। एमालेले पार्टी अध्यक्षमाथि स्थानहद लगाएर निर्वाचनको वातावरण बन्न नसक्ने भन्दै तत्काल फुकुवा गर्न माग गर्दै आएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।