सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल
राजनीति

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा दलहरुसँग तालमेल गर्ने

मंगलबार उम्मेदवारको टुंगो लगाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा दलहरुसँग तालमेल गर्ने
काठमाडौं, पुस २१ :

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल तीव्र बनाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनमा अन्यदलसंग तालमेल गर्नेबारे छलफल भएको हो ।

 तालमेलका विषयमा एमालेसहित अन्य दलसँग छलफल गरेर कार्यसम्पादन समिति मंगलबार पुनः बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।  मंगलबार (भोलि) बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने भएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १८ मध्ये ८ सिटमा दाबी गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेलका लागि पार्टीमा छलफल भएपनि प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे छलफल नभएको उनले बताए ।
बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि अन्य दलसंग भएको छलफलबा बारेमा जानकारी गराएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार