शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

ओलीको आरोप : सरकार र विदेशी शक्ति चुनाव सार्ने षड्यन्त्रमा लागे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
ओलीको आरोप : सरकार र विदेशी शक्ति चुनाव सार्ने षड्यन्त्रमा लागे
फाइल तस्बिर ।
ललितपुर, पुस २२ :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र विदेशी शक्ति चुनाव सार्ने षड्यन्त्र लागिरहेको आरोप लगाएका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले भने, ‘चुनाव सार्ने षड्यन्त्र भइरहेको छ’, उनले भने , ‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन ।’ 

प्रमुख दल कांग्रेस र एमाले चुनावका लागि तयार देखिएपछि षडयन्त्र सुरु भएको उनको भनाइ थियो । नयाँ दलहरु मिल्न थालेपछि एमाले र कांग्रेस पनि चुनावी तालमेलका लागि नजिकिँदै गएका छन् । यसर्थ सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने  षड्यन्त्र लागेको उनको दाबी थियो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे बैठकमा छलफल भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार