शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
पूर्वमन्त्री गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश
काठमाडौं, पुस २४ :

सर्वोच्च अदालतले लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ  । 

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले विशेष अदालतले गुप्तालाई थुनामा पठाउँदा गरेको आदेश झिकाउन आदेश दिएको हो ।

विशेष अदालतको आदेश बदर गर्न माग गर्दै गुप्ता सर्वोच्च पुगेका हुन् । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।गुप्ताले आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेता पनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो ।

भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार