
काठमाडौं, पुस २४ :
सर्वोच्च अदालतले लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले विशेष अदालतले गुप्तालाई थुनामा पठाउँदा गरेको आदेश झिकाउन आदेश दिएको हो ।
विशेष अदालतको आदेश बदर गर्न माग गर्दै गुप्ता सर्वोच्च पुगेका हुन् । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।गुप्ताले आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेता पनि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो ।
भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।