शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीति

घिसिङले सम्हालेका मन्त्रालयहरुको जिम्मेवारी तीन मन्त्रीलाई थपियो

मन्त्री सिन्हा, चौलागाईं र इङ्‍नामलाई थप कार्यभार
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
घिसिङले सम्हालेका मन्त्रालयहरुको जिम्मेवारी तीन मन्त्रीलाई थपियो
काठमाडौं, पुस २४ :

कुलमान घिसिङले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले बाँडफाँड गरेकी छन् । घिसिङ्ले बुधबार पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी मौजुदा मन्त्रिपरिषद्‍‍का अन्य सदस्यलाई थपेकी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री अनिलकुमार सिन्हालाई थपिएको छ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभारसमेत वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले र सहरी विकास मन्त्रालयको कार्यभारसमेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्‍नामले सम्हाल्ने छन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई जिम्मेवारी तोकेको राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार