मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किदै गएपछि खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका थिए। 

कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन गर्ने तय भएको छ ।  महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार