
काठमाडौं, पुस २५ :
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किदै गएपछि खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका थिए।
कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन गर्ने तय भएको छ । महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी भइरहेको छ ।