आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष #पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष
समाचार राजनीति

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

· शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि
धनुषा, पुस २५ :

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर सङ्घर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताएक छन् ।

कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टी सङ्गठनलाई सुदृढ बनाउन र जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

नेता निधिले कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान समयमा मुलुक कठिन अवस्थामा रहेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आपसी सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता-कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । कार्यकर्ता जनताका समस्या समाधानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा तथा पार्टी एकतालाई बलियो बनाउनेतर्फ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा गृह सदस्यहरूको उपस्थिति थियो ।

बैठकमा सङ्गठन विस्तार, पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा स्थानीय तहमा कांग्रेसको भूमिकाबारे विस्तृत छलफल भएको थियो । क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै सङ्गठनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार