आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी घोषणा

पुनः उपसभापति बन्ने भुसालको चाहना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी घोषणा
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसको वर्तमान उपसभापति पुष्पा भुसालले पुनः उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।  विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी उनी १५औं महाधिवेशनमा सोही पदमा दोहोरिने चाहना व्यक्त गरेकी छन् । 

उनले भनिन्, ‘विशेष महाधिवेशनबाट पाएको जिम्मेवारीलाई अब महाधिवेशनबाट फेरि एक कार्यकाल पूरा समय काम गर्ने इच्छा जाहेर गरेकी छु ।’

भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी थिइन् ।अर्घाखाँचीमा सम्पन्न महाधिवेशन प्रतिनिधि निर्वाचनमा खसेको १ हजार ६ सय ८० मतमध्ये उनले १ हजार ४ सय ४६ मत प्राप्त गरेकी थिइन् । कांग्रेसको विधानअनुसार यसपटकदेखि केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने व्यवस्था गरिएको हो ।

गगन थापा कांग्रेसको मात्रै नभएर देशले खोजेको नेता भएको जनाउँदै सभापति पदमा उहाँ नै दोहोरिने भुसालले बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार