असोज १३ :

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं २ स्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ।

 अविरल वर्षाको कारण कुलेखानी ड्याम भरिएको र पानीको सतह नियन्त्रण गर्न ढोका खोलिएको हो ।  आज रातिबाटै पानी साइरनसहित ओभरफ्लो भएको थियो ।

साइरन बज्न थालेपछि बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ। 

आयोजनाले हिजै सूचना जारी गर्दै बाँधको ढोका खोल्ने तयारी र तलका बस्तीमा सजकता अपनाउन आग्रह गरेको थियो ।