
काठमाडौं, पुस २८ :
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ । बुढानीलकण्ठ नगरपालिका-७स्थित उनकाे निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा खतरा हुन नदिन खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे भनाइ छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ । कांग्रेसका धेरैजसाे प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित देखिएका छन् ।