शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
कांग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
काठमाडौं, पुस २९ :

कांग्रेसमा विशेष महाधिवेशनले निम्त्याएको विवाद समाधानका लागि आज बिहान त्रिपक्षीय बैठक भएको छ ।  

एजेण्डागत रुपमा दिउँसो २:३० बजे फेरि बैठक बस्ने निर्णय भएको विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले जानकारी दिए । बिहान भएको  वार्तामा  विषय प्रवेश मात्रै भएको उनले जानकारी दिए ।पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका छन्।

वार्तामा विशेष महाधिवेशन पक्षबाट घिमिरे, प्रदीप पौडेल, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनिरहेको छ ।  वार्तामा सहभागी विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेले विषय प्रवेश मात्रै भएको जानकारी गराए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार