काठमाडौं, पुस २९ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जम्बो केन्द्रीय समिति बनेको छ । समायोजन भएका सानाठुला सबै दलका सदस्यलाई मिलाएर जम्बो केन्द्रीय समिति बनाइएको छ ।

२४९९ केन्द्रीय सदस्यहरूले आज सामूहिक रुपमा शपथ ग्रहण गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहालले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक समारोहकाबीच उनीहरुलाई शपथ गराएका हुन् ।  

माओवादी र एकीकृत समाजवादी लगायत दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन भएको थिएन । १९ दल मिलेर नेकपा बनेको नेकपाको संयोजकमा प्रचण्ड छन् भने सहसंयोजकमा माधवकुमार नेपाल छन् ।