आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

निर्वाचन अभिमुखीकरण तालिमसँगै यसरी गरियो नमुना मतदान [तस्वीरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
निर्वाचन अभिमुखीकरण तालिमसँगै यसरी गरियो नमुना मतदान [तस्वीरसहित]
काठमाडौं, पुस २९ :

निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज नमुना मतदान गरिएको छ। काठमाडौँमा मंगलबार आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरू सहभागी कार्यक्रममा नमुना मतदान अभ्यास गरिएको हो।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को तयारीका क्रममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रम अन्तर्गत सहभागी निर्वाचन अधिकृतहरूले मतदान प्रक्रियाको व्यवहारिक अभ्यास गरेका छन्।

यसैबीच नेपालगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरको सहभागिता रहेको थियो। उनले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै निर्वाचन अधिकारीहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

निर्वाचन प्रयोजनका लागि देशभरका सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार