
ललितपुर, पुस ३० :
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।
आज बिहान ८ बजे बस्ने भनिएको बैठक महाधिवेशन पक्षथरसँगको पटकपटकको वार्ताका कारण ढिलो सुरु भएको हो । पार्टीलाई विभाजनबाट रोक्न अहिले पनि वार्ता र संवाद जारी नै ।
पार्टी विपरीत महामन्त्रीले विशेष महाधिवेशन गर्न उक्साएको भन्दै उनीहरुलाई कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ । बैठकले कारबाही गर्ला या सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गर्ला त्यो हेर्न बाँकी नै छ ।