काठमाडौं, माघ १ :
एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् । दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए ।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, ‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’ लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए ।
उनले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : महासचिव पोखरेल
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउनेछौँ : विश्वप्रकाश शर्मा
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा