
काठमाडौं, माघ २ :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरुले जानीबुझिकन किन यस्तो काम गरे भन्दै नेपाली कांग्रेस अनावश्यक लडाइँमा फसेको बताएका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले किन यस्तो काम गरेका हुन् भन्ने प्रश्न गरे ।
उनले वर्तमान संविधान कमजोर पारिएको अवस्थामा सबै भन्दा ठूलो प्रजातान्त्रिक पार्टी कांग्रेस विभाजनतर्फ उन्मुख हुनु दुःखद भएको बताए । ओलीले एमाले नेताहरुलाई सम्बोधन गर्दै सानातिना असन्तुष्टि भए छोडेर अघि बढ्न आग्रह गरे। देश जलिरहेको बेला आफैँ नायक हुँ भन्दै झण्डा ओडेर निस्किनेहरु अहिले नायक भएको उनको भनाइ थियो ।