बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

धरानको जिरो प्वाइन्टमा बस दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते

मृतकहरूको पहिचान हुन बाँकी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
धरानको जिरो प्वाइन्टमा बस दुर्घटना : ५ जनाको मृत्यु, १२ घाइते
सुनसरी, माघ ४ :

धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

धरान–१३ स्थित कोसी राजमार्गअन्तर्गत भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ लेखिएको बस दिउँसो करिब ४ः१५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो।

अनियन्त्रित बस श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा रहेको ‘न्यु सभा मेडिकल’ मा ठोक्किँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबे ले जानकारी दिए। मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेहरूको अवस्था निगरानीमा रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ धरानका डीएसपी विष्णु बाबु राईको कमान्डमा २० जना प्रहरी टोली घटनास्थलमा खटिएर उद्धार तथा अनुसन्धान कार्य भइरहेको एसपी थेबेले बताए।

बस दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको र प्रारम्भिक रूपमा ब्रेक फेल वा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार