
फाइल तस्बिर ।
काठमाडौं, माघ ४ :
नेपाली कांग्रेसका नेता धनराज गुरुङले कांग्रेसका सबै पक्ष एकताबद्ध भएर अघि बढ्ने बताएका छन्। नेता-कार्यकर्ताहरु पनि कांग्रेस मिलेर अघि बढोस् भन्ने पक्षमा रहेको बताए ।
आइतबार नेता डा. शेखर कोइराला पक्षले आयोजना गरेको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस एउटा घर हो । परिवारका सदस्यहरुबीच झगडा हुने कुरालाई सामान्य रुपमा लिनुपर्ने बताए।’
परिवारमा कहिलेकाहीँ झगडा हुन्छ, को अगाडि बस्ने, को पछाडि बन्ने भन्ने सामान्य विषय हो गुरुङको भनाइ थियो । ‘अहिलेको विषयलाई त्यतिधेरै तिललाई पहाड बनाएर लिनुपर्छ भन्ने होइन’,उनले भने,‘यसलाई सामान्य रुपमा लिनुपर्छ ।’