जनकपुर, माघ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सवैभन्दा ठूलो पार्टी बन्ने गरेका छन् ।

सोमबार जनकपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चूनावमा आफूले सवैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सवैभन्दा बढि मत पाएर ठुलो पार्टी बन्ने दाबी गरे। केहीले रास्वपा मधेसमा कमजोर रहेको भन्ने गरेपनि अहिले पार्टी मधेशमा समेत बलियो भएको उनले बताए ।

उनले आफूविरुद्ध अघिल्लो सरकारले धेरै मुद्दा लगाएको भन्दै जनताको मुद्दा बोकेको मान्छेलाई अरु मुद्दाको मतलब भएको धारणा राखे । देशको हितलाई केन्द्रमा राखेकै कारण आफू र बालेन एकै ठाँउमा आएको उनको भनाइ छ ।

उनले जेनजी युवाहरुलाई गोली ठोकेको सरकारले लगाएको मुद्दाले आफूलाई फेरी जेलमा पुराएपनि अब देशले बालेन पाएकाले कुनै चिन्ता नरहेको बताए । लामिछानेले आफूहरु सरकारमा पुगेपछि देश लुटेर कमाएको भ्रष्टाचारको हिसाब गर्ने स्पष्ट पारे ।