सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

ठाकुर गैरेले नै पाए पाल्पा क्षेत्र नम्बर २ बाट टिकट

· मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
ठाकुर गैरेले नै पाए पाल्पा क्षेत्र नम्बर २ बाट टिकट
पाल्पा, माघ ६ :

एमालेले पाल्पा क्षेत्र नम्बर २ मा नेकपा ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ ।

आज बिहानसम्म राम बहादुर राउतको टिकटको फाइनल भएको थियो ।

ठाकुर गैरेले पनि आफूले टिकट पाएको बताएका छन् । 
यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो । आइतबार एकल सिफारिस भएको रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।

अघिल्लोपटक चुनाव जितेका ठाकुर गैरेलाई टिकट नदिएर ओली निकट राउतलाई टिकट दिइएको भन्दै एमाले नेतृत्वको आलोचना भएको थियो । पछि गैरेलाई नै टिकट दिईएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार