काठमाडौं, असोज १९ :
पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बाहिरिएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खनालले ‘समाजवादी जागरण अभियान’को घोषणा गरेका छन्। खनालको यो अभियानमा नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएका हरिबोल गजुरेललगायतका नेताहरूले पनि साथ दिएका छन्।
उनले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रुपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरिएको बताएका छन्। एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा जोड दिएका छन्।
पत्रकार सम्मेलनमा वितरित प्रस्तावमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिस्ट समूहहरूसँग आग्रह गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
यस्तो छ सभापति गगन थापाको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन [पूर्णपाठ]
बाढीपीडितलाई राहत दिन कानुनी जटिलता हटाउन सरकारलाई आङदेम्बेको सुझाव
पारदर्शिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधिको प्रयोग बढाउन प्रधानन्यायाधीश शर्माको जोड
केन्द्रीय कार्यसमितिबाट पारित सभापति थापाको राजनीतिक प्रतिवेदन बन्दसत्रमा पेस
थप समाचार
व्यवसायमैत्री वातावरण बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार : मन्त्री साह
आइसिसी विश्वकप लिग-२ को अन्तिम श्रृङ्खला खेल्दै नेपाल, एकदिवसीय मान्यता जोगाउने चुनौती
जेनजी प्रदर्शनकारीका फौजदारी मुद्दा फिर्ता प्रक्रिया अघि बढाउँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइने