
काठमाडाैं, माघ ६ :
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्व १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका उनले यसपटक रुकुमपूर्व रोजेका हुन्। रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो मानिन्छ । उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए।
प्रचण्डले एक थान सांसद पदका लागि मात्रै नभई शहीद वेपत्ताका सपना अलपत्र परेकाले र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेकाले आफू पुन: रुकुमपूर्वका जनता माझ आएको जिकिर गरेका छन् ।