काठमाडौं, माघ ६ :

जेन–जी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले २० दिन अवधि थप्न सरकारलाई पत्र पठाएको छ ।

आयोगले मंगलबार गृह मन्त्रालयलाई पत्र पठाउँदै समय बढाउन आग्रह गरेको हो । प्रतिवेदन लेखनको काम नसकिएको हुँदा समय थप गर्न माग गरिएको हो ।असोज ८ बाट आयोगले काम थालेकामा तोकिएको तीन महिना सकिएपछि गत महिना थप एक महिना बढाइएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा  असोज ५ मा तीन सदस्यीय आयोग आयोग गठन गरेको थियो ।