
रुकुम पूर्व, माघ ७ :
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन विदेशी शक्तिहरू सक्रिय भएर लागेको आरोप लगाएका छन् । रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताए ।
उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजाने आश्वासन दिँदै ‘विशेष स्वायत्त प्रदेश’बनाउन पहल गर्ने पनि बताए । आफू जहाँबाट लड्यो, त्यहीँको मुहार फेरेको दाबी गरे ।
आफ्नो उम्मेदवारी केबल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गर्दै आफू रुकुम आउनुको कारण सुनाए ।
भदौ २४ को आन्दोलनपछि देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत निकास निकाल्न चुनावमा जानु नै एक मात्रै विकल्प थियो ।