
गुल्मी, माघ ७ :
पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दुर्घटनामा रिब्दीकोट-१ ख्याहा जोगिथुमका २६ वर्षीय टीकाराम कुमालको मृत्यु भएको प्रहरिले जनाएको छ ।
पाल्पा रिब्दिकोट गाउँपालिका-१ ख्याहा जोगीथुमबाट रिडीघाटतर्फ मलामी लिएर आउँदै गरेको लु १ च ६९८५ नम्बरको बोलेरो जिप दुर्घटना गुल्मीको रिडी-खर्ज्याङ सडक खण्डमा दुर्घनामा परेको हो ।
कुमालको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । गाडी सडकदेखि करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।