
फाइल तस्बिर ।
नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पार्टी कार्यालय सानेपामा बस्दैछ । विशेष महाधिवेशनले गगनकुमार थापा नेतृत्वमा चयन भएको कार्यसमितिको बैठक पहिलोपटक पार्टी कार्यालयमा बस्न लागेको हो ।
दिउँसो १ बजे बस्ने बैठकले सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने बुझिएको छ । साथै घोषणापत्र लेखन र चुनावी परिचालनलगायत विषयमा पनि बैठकमा छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। निर्वाचन तयारीका लागि उपसमिति बनाउने बुझिएको छ। निर्वाचन आयोगले महाधिवेशनलाई वैधानिकता दिन अघि दुई पटक बैठक बसिसकेको छ । तर ती दुबै बैठक पार्टी कार्यालय बाहिरै बसेको थियो
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेममा बसेको थियो भने दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बसेको थियो। कांग्रेसको आधिकारिकताको विषय टुंगो लागि नसके पनि सर्वोच्च अदालतले देउवा पक्षले माग गरे अनुसार अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।