मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात #चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात
राजनीति

इजाजतप्राप्त हतियारको विवरण पेस गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
इजाजतप्राप्त हतियारको विवरण पेस गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र
काठमाडौं, माघ ८ :

गृह मन्त्रालयले आसन्न निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको एकीकृत विवरण संकलन गरी पेश गर्न परिपत्र गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयको भवन जलेर अभिलेख नष्ट भएपछि  विवरण अद्यावधिक गर्न निर्देशन दिइएको हो। गृहले माघ २ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  परिपत्र गरी विवरण पठाउन भनेको हो ।

गत भदौ २४ मा भएको प्रदर्शन हिंसात्मक बनेपछि सिंहदरबारस्थित प्रमुख प्रशासनिक भवन पनि जलेको थियो । त्यस बखत गृह मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरू जलेका थिए ।  त्यस्तै, सर्वसाधारणले इजाजत लिएर राखेका हतियार तथा त्यसका गोलीगठ्ठा संकलन गर्न पनि निर्देशन दिइएको छ ।  

विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ ।  इजाजतप्राप्त हतियार तोकिएका शर्तविपरीत प्रयोग वा बोकेर हिँड्न पाइँदैन । सार्वजनिक स्थलमा त्यस्ता हतियार लिएर हिँड्नसमेत निषेध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार